१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

यूएन मिसनमा तैनाथ युनिटहरुलाई सतर्कता अपनाउन सेनाको निर्देशन

काठमाडौँ — सेनाले शान्ति स्थापनार्थ यूएन मिसनहरुमा तैनाथ युनिटहरुलाई आवश्यक सुरक्षा सतर्कता अबलम्बन गर्न निर्देशन दिएको छ । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै अहिलेसम्म इराकमा तैनथ नेपाली शान्ति सैनिकहरु सकुशल रहेको जानकारी दिएको छ ।

‘इरानको आईआरजीसीका कासिम सुलेमानी विरुद्धको अमेरिकी कारबाहीको प्रतिकार गर्दै इरानले इराकमा तैनाथ अमेरिकी सेनाका विभिन्न बेशमा मिसाइल आक्रमण गरेको जानकारी प्राप्त हुन आएबाट युनामी मिसन इराकको किरकुक र इरबीलस्थित यूएन बेसमा तैनाथ नेपाल गार्ड युनिटका शान्ति सैनिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको छ,’ निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निर्देशनालयले शान्ति सैनिकका युनिटहरुलाई विशेष सुरक्षा सतर्कता अबलम्बन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिसन मुख्यालय र शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको जनाएको छ ।

प्रकाशित : पुस २३, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?