१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

जिल्ला सभापतिहरुको सुझावबाट उत्साहित छु : पौडेल

काठमाडौँ — कांग्रेस नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुले दिएको सुझावबाट आफू उत्साहित भएको बताएका छन् । पार्टी कार्यालय सानेपामा बुधबार आफू निकटका सभापतिहरुको परामर्श बैठक समापन गर्दै पौडेलले केन्द्रीय कार्यसमितिको बैठकले बहुमतले गरेको निर्णयमा आफ्नो असन्तुष्टिलाई सभापतिहरुले साथ दिएको बताए ।  

जिल्ला सभापतिहरुको सुझावबाट उत्साहित छु : पौडेल

उनले पुस ११ गते केन्द्रीय कार्यसमितिको बहुमतले गरेका निर्णयहरु खारेज गर्ने आफ्नो मागमा जिल्ला सभापतिहरुले समर्थन जनाएको बताए । केन्द्रीय कार्यसमितिको नाममा भएका निर्णयहरु पार्टीको हितमा नभएको र १४ औं महाधिवेशनलाई अनिश्चित बनाएको आरोप पौडेलको छ ।


नेता कृष्ण सिटौलाले कम्युनिष्टको सरकारबाट उत्पन्न परिस्थितिमाथि एक भएर लडनुपर्ने बेला सभापति शेरबहादुर देउवाले बहुमतले महत्वपूर्ण निर्णय गरी पार्टीमा किचलो निम्त्याएको बताए । सिटौलाले देउवालाई पार्टीको नभई गुटको मात्र सभापति बनेको आरोप लगाए ।


पुस११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेशन गर्ने, विभागहरुको संख्या बढाउने, निर्णय गरेपछि नेता पौडेल र सिटौला समूह असन्तुष्ट छ ।

प्रकाशित : पुस २३, २०७६ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?