कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२०१९ सालमा मारिएका गुरागाईंलाई सहिद घाेषणा

काठमाडौँ — सरकारले नेत्रप्रसाद गुरागाईंलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले तेह्रथुमका नेत्रप्रसाद गुरागाईंलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । 

तेह्रथुममा कम्युनिष्ट पार्टीको सदस्यका रुपमा कार्यरत गुरागाईंको पञ्चायतीविरोधी आन्दोलनका क्रममा विक्रम संवत् २०१९ साल कात्तिक २९ गते प्रहरीको गोली लागेर मृत्यु भएको थियो । उनको योगदानको कदर गर्दै सरकारले राष्ट्रिय सहिद घोषणा गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित : माघ ९, २०७६ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?