१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

निरन्तरको हिमपहिरोले अन्नपूर्णमा हराइरहेकाको खोजी कार्य स्थगित

सुरज कुँवर

काठमाडौँ — एक सातादेखि अन्नपूर्ण क्षेत्रको देउराली आसपासबाट हराइरहेका चारजना कोरियाली पर्यटक र तीन नेपालीसहितको खोजी कार्य निरन्तरको हिमपात र हिमपहिरोका कारण रोकिएको छ । 

निरन्तरको हिमपहिरोले अन्नपूर्णमा हराइरहेकाको खोजी कार्य स्थगित

पर्यटन विभागका अनुसार उक्त क्षेत्रमा निरन्तर हिमपहिरो गइरहेको र बाक्लो हिमपात भइरहेकाले खोजीकार्य स्थगन भएको हो । विभागकी निर्देशक मिरा आचार्यले त्यहाँ खटिएका नेपाली सेनासहित अन्य उद्दारकर्मीहरुलाई मौसमका कारण हुनसक्ने स्वास्थ्यलगायतको जोखिमका कारण तत्काल खोजी कार्य स्थगन गरेको बताइन् ।

निर्देशक आचार्यका अनुसार उक्त क्षेत्रमा खोजीकार्यमा कुकुरसहित कोरियाली विज्ञहरु पनि संलग्न छन् ।


काठमाडौंस्थित कोरियाली राजदूत पनि पोखरामै रहेका छन् । हराइरहेकाको खोजीमा ट्रेकिङ एजेन्सीज एसोसिएसन (टान), नेपाल पर्वतारोहण संघलगायत स्थानीय पनि संलग्न छन् ।



प्रकाशित : माघ ९, २०७६ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?