१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेश १ को राष्ट्रियसभामा नेकपाका तीनै उम्मेदवार विजयी

देवनारायण साह

मोरङ — राष्ट्रियसभा सदस्यको प्रदेश १ मा महिला, दलित र अन्य गरी तीन सदस्यका लागि भएको निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

प्रदेश १ को राष्ट्रियसभामा नेकपाका तीनै उम्मेदवार विजयी

नेकपाका महिलातर्फ सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ६४ वर्षीया इन्दिरादेवी गौतम, दलिततर्फ मोरङका गोपीबहादुर सार्की अछामी र अन्यतर्फ झापाका ६१ वर्षीय देवेन्द्र दाहाल विजयी भएका हुन् ।


गौतमले ६ हजार ४ सय २६ मतभार ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मिना पुलामी मगरले २ हजार ६ सय २२ मतभार ल्याएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले बताए ।


यस्तै,अछामीले ६ हजार ३ सय ३० मतभार ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका निरबहादुर विश्वकर्माले २ हजार ७ सय १८ मतभार ल्याए । अन्यतर्फ दाहालले ६ हजार २ सय ३४ मतभार ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रकुमार घिमिरेले २ हजार ७ सय ६६ मतभार ल्याए ।


कूल मतदाता प्रदेशसभा सदस्य ९३ जनामध्ये ९२ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष २ सय ७४ मध्ये २ सय ७२ जनाले मतदान गरे ।


प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी तीन जनाले मतदान गर्न आएनन् । मतदान नगर्नेमा मोरङको प्रदेशसभा सदस्य गुलेफुन मियाँ खातुन, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पा र संखुवासभाकी सिलिचोङ गाउँपालिका उपाध्यक्ष लालकुमारी राईले मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

प्रकाशित : माघ ९, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?