२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बिहेमा हिँडेका १८ नेपाली सवार गाडी भारतमा दुर्घटना, २ जनाको मृत्यु, १२ घाइते

पर्वत पोर्तेल

काँकडभिट्टा — भारत पश्चिम बंगालको नगरकट्टा भन्ने स्थानमा बुधबार अपराह्‍न भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । १२ जना घाइते छन् । झापा बुद्धशान्ति ३ कि करिब ५० वर्षीया भूमा ढकाल र अन्दाजी ४५ वर्षका दिपज्योति ढकालको उपचारका क्रममा मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय पत्रकार अतित थापाले जानकारी दिए ।

बिहेमा हिँडेका १८ नेपाली सवार गाडी भारतमा दुर्घटना, २ जनाको मृत्यु, १२ घाइते

भारत–भुटानको सीमा सहर जयगाउँमा बिहीबार हुन लागेको आफन्तको बिहेमा हिँडेका १८ नेपाली यात्रु डव्ल्यू वी ७६–९१९४ को गाडीमा सवार थिए । विपरीत दिशाबाट आएको ७० एच ५७६२ नम्बरको वेगनर कार दुर्घटना भइ नेपाली यात्रु सवार गाडीमा ठक्कर खाएको थियो । ठक्करपछि नेपाली यात्रु सवार गाडी पल्टिएको थियो ।


दुर्घटनामा घाइते भएकी झापा सुरुंगाकी मिरा भेटवालका अनुसार विपरीत दिशावाट आएको गाडी पल्टिँदै नेपाली यात्रु सवार गाडीमा ठोक्किएको थियो । नगरकट्टा प्रहरी थानाका प्रमुख सन्जु वर्मनले घटनामा बालबालिका र पाका यात्रीहरु बढी घाइते रहेको र उनीहरुको सुल्कापाडा र मालबजारमा उपचार भइरहेको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बुधबारेका अनुसार बुद्धशान्ति ३ का पर्शुराम ढकालकी सालीको बिहेको निम्तो मान्न आफन्तहरु बुधबार भारततिर हिँडेका थिए । भारतबाट मृतकको शव ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ १६, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?