कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसीमा सैन्य शब्द छ भने देखाउनुपर्‍यो, नत्र स्याल जस्तो कराउनुपर्दैन: सञ्चारमन्त्री

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एमसीसी सम्झौतामा 'सैन्य' शब्द नभएको प्रष्टिकरण दिएका छन् । नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीको कुनै 'प्वाइन्ट'मा आईपीएस नभएको भन्दै छ भने देखाउन चुनौती दिए ।

एमसीसीमा सैन्य शब्द छ भने देखाउनुपर्‍यो, नत्र स्याल जस्तो कराउनुपर्दैन: सञ्चारमन्त्री

उनले भने, 'सैन्य शब्द छ भने देखाउनुपर्‍यो, नत्र स्याल जस्तो कराउनुपर्दैन।' उनले मुलुकको मुख्य परराष्ट्र नीति असंलग्न परारष्ट्र नीति अवलम्बन गरेको उल्लेख गर्दै राष्ट्रिय मुद्दामा ध्यान दिनुपर्ने बताए ।


उनले एमसीसी र बीआरआई सम्बन्धित मुलुकले हितको कुरा भएको बताउँदै उनले आफूहरु व्याख्यता नरहेको बताए । आईपीएस बारे आफूहरुलाई थाहा नभएको पनि उनले बताए ।

उनले भने, 'हामी कसैको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । सरकार राष्ट्रिय हित र स्वार्थमा केन्द्रित छ । हामी हाम्रो स्वार्थको व्याख्यता हो ।'

उनले शित युद्धमा पनि नेपालले अमेरिका,रुस,चीन र भारतबाट लिएको कुरा स्मरण गराए । एमसीसी ऊर्जाका निम्ति क्षमता विस्तार र सडक बनाउनेमा केन्द्रीत रहेको बताए ।

उनले भने, 'हाम्रोमा विद्युत उत्पादन अब धेरै हुन्छ । बजार चाहिन्छ । भारतसँग विद्युत बजार विस्तारका लागि भारतसँग स्वीकृत लिएका छौँ । ताप्लेजुङमा उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारणमा जोड्न नसकेको आयोजनाको राष्ट्रिय प्रशारणमा पनि जोड्न सकेका छैनौं ।'

प्रकाशित : माघ १६, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?