२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाडौँ — वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । बुधबार बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा शर्माको निधन भएको भाइ लक्ष्मीनाथ शर्माले जानकारी दिए ।  

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

उनलाई केही समयदेखि मुटुमा समस्या थियो । यस्तै पछिल्लो समय रक्तचाप र पिसाबमा पनि समस्या देखिएको थियो । उपचारार्थ सहिद ग‌ंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ५ दिन अगाडि भर्ना गरिएका शर्मालाई मंगलबार साँझमात्र उनलाई मनमोहन कार्डियो भस्कुलर सेन्टर, शिक्षण अस्पताल ल्याइएको थियो ।

इलाममा २००४ साल जेठ १४ जन्मिएका शर्माले गोरखापत्रको संवाददाताका रुपमा पत्रकारिता सुरु गरेको थिए ।नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धकसमेत रहेका शर्माले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘विश्व घटना’ सञ्चालन गरेका थिए । उनको ‘बिनाराहदानीको विदेश यात्रा’, ‘छाल’ लगायतका पुस्तक प्रकाशित छन् ।

उनको श्रीमती र २ छोरा छन् ।

प्रकाशित : माघ २२, २०७६ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?