कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नारायणहिटीमा होटल बन्दैन : मन्‍त्री भट्टराई

जयसिंह महरा

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबार संग्रहालयमा कुनै होटल नबन्ने बताएका छन् ।

नारायणहिटीमा होटल बन्दैन : मन्‍त्री भट्टराई

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा नारायणहिटी संग्रहालयलाई होटल बनाउने कुरा सुनिएको भन्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको जिज्ञासामा त्यहाँ कुनै होटल नबन्ने भट्टराईले स्पष्ट पारेका हुन् । उनले भने, 'नारायणहिटी दरबारमा कुनै होटल बन्दैनन् । कफीसपसम्म हुन सक्छ । त्यसलाई होटल भन्‍न नमिल्ला । नारायणहिटी संग्रहालय सोही मान्यताअनुसार चल्छ ।'

नारायणहिटीमा होटल वा रिसोर्ट केही नबन्ने भट्टराईको भनाइ थियो । उनले पत्रकारहरूले गलत समाचार लेखेर त्यस्तो चर्चा गलेको सुनाए । उनले भने, 'कहिलेकाहीँ पत्रकारहरूले गलत सुइँको पाएर लेख्नुहुन्छ तर त्यस्तो होइन ।'

सम्बन्धित समाचार

कोरोना भाइरसको प्रभाव नेपाल भ्रमण वर्षमा, चिनियाँ पर्यटकको विकल्प खोजिँदै

प्रकाशित : माघ २२, २०७६ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?