कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पत्रकारिता विकासका लागि अनुसन्धानात्मक पाठ्यक्रम अनिवार्य : अर्थमन्‍त्री  

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्ने बताएका छन् । 

पत्रकारिता विकासका लागि अनुसन्धानात्मक पाठ्यक्रम अनिवार्य : अर्थमन्‍त्री  

त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सामाजिक जिम्मेवारीसहितको पत्रकारिता विकासका लागि अनुसन्धानात्मक पाठ्यक्रम विकास अनिवार्य रहेको बताएका हुन् । उनले विभागको नयाँ भवन निर्माणपछि विश्वविद्यालयले अनुसन्धानका कार्यहरुलाई अगाडि बढाउने विश्वाससमेत गरे । उनले सबै शैक्षिक प्रतिष्ठानहरुलाई पनि पत्रकारिताको अध्ययन, अध्यापन र अनुसन्धान गराउने केन्द्रको रुपमा विकास गर्दै जानुपर्नेमा जोड दिए ।


अर्थमन्त्री खतिवडाले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा सञ्चार क्षेत्रको पहिलो भूमिका रहने बताए । त्यसका लागि सरकारले आम सञ्चारका पूर्वाधारहरुको विकासमा ध्यान दिएको उनको भनाइ थियो ।

प्रकाशित : माघ २२, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?