कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वुहानबाट उद्धार गरिनेलाई भक्तपुरमा नराख्न कांग्रेस क्षेत्रीय कार्यसमितिको चेतावनी

काठमाडौँ — नेपाली कांग्रेसको भक्तपुर इकाईले भक्तपुरको कुनै पनि स्थानमा चीनको वुहानबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई राख्न नदिने चेतावनी दिएको छ ।

वुहानबाट उद्धार गरिनेलाई भक्तपुरमा नराख्न कांग्रेस क्षेत्रीय कार्यसमितिको चेतावनी

नेपाली कांग्रेस क्षेत्र नम्बर-१, भक्तपुर क्षेत्रीय कार्यसमितिले बैठक नै राखेर नोवल कोरोना भाइरसको केन्द्रबाट उद्धार गरी ल्याइएका नेपालीलाई बोडेस्थित कृषि तालिम केन्द्र वा खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न चेतावनी दिएको छ । 'आवश्यक तयारी नगरी र सो भाइरस सरुवा भएकोले यसको रोकथामको राम्रो प्रबन्ध नगरी नराख्न सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छौं,' बैठकको निर्णयमा उल्लेख छ ।


सो बैठकमा वाग्मती प्रदेशसभाका नेपाली कांग्रेसका उपनेता कृष्णलाल भडेलको समेत उपस्थिति रहेको थियो । उक्त बैठक पछि स्थानीयहरुले केही बेर खरिपाटी-चाँगुनारायण नगरपालिकामा कालो झण्डासहित विरोध प्रदर्शन समेत गरेका थिए ।


प्रकाशित : माघ २२, २०७६ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?