सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि प्रहरी जवानले आफैंलाई हाने गोली

राजकुमार कार्की

सिन्धुली — सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गोली हानेका छन् ।

सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि प्रहरी जवानले आफैंलाई हाने गोली

सर्लाही वहुअर्वा गाउँपालिका ६ स्थायी घर भइ जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गोली हानेका हुन् ।


प्रहरी प्रमुख एसपी रन्जु सिग्देलका अनुसार गोली लागि सख्त घाइते भएका प्रहरी रायलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि एम्बुलेन्सबाट काठमाडौं लगिएको छ । प्रहरी रायले आफ्नै दाहिने कोखामा गोली हानेका छन् ।


थप अनुसन्धान भइरहेको एसपी सिग्देलले बताइन् । प्रहरी स्रोतका अनुसार प्रेम प्रस्ताव अस्वीकार हुँदा केहीबेर वादविवाद भइ राइफल खोसेर रायले आत्महत्याको प्रयास गरेका हुन् । आज प्रणय दिवस पनि भएकाले उनले ड्यूटीमा रहेकी ती महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए । दुवै प्रहरी अविवाहित हुन् ।


प्रकाशित : फाल्गुन २, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?