१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

राष्ट्रिय सभा सदस्य उपाध्यायको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएको छ । आन्द्राको क्यान्सरबाट एक वर्षदेखि पीडित उपाध्यायको बिहान रुपन्देहीस्थित आफ्‍नै निवासमा निधन भएको कांग्रेसका राष्ट्रिय सभामा दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

राष्ट्रिय सभा सदस्य उपाध्यायको निधन

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मैलवाटमा रहेको निवासमा उनको निधन भएको हो । ५० वर्षीय उपाध्यायको श्रीमती ३ छोरा र २ छोरी छन् । उपाध्यायको शुक्रबार नै अन्तिम संस्कार गर्ने तयारी भइरहेको रुपन्देही कांग्रेस नेता सञ्जिव बस्यालले जानकारी दिए ।

उपाध्याय प्रदेश नं ५ मा कांग्रेसका तर्फबाट अन्य समूहमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए । उपाध्यायको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल यही फागुन २१ गते सकिँदै थियो । उनी यसअघि कांग्रेस रुपन्देही ५ का क्षेत्रीय सभापति पनि थिए ।


उपाध्यायको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको देउवाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन २, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?