२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सप्तरीमा हुने इस्लामिक सम्मेलनप्रति भारतीय सुरक्षा निकायको चासो

सम्मेलनस्थलमा सुरक्षाकर्मी थपिँदै
अवधेशकुमार झा

राजविराज — सप्तरीको बोदेबरसाइन नगरपालिका–५  जाजरमा शनिबारदेखि सुरु हुने भनिएको इस्लामिक सम्मेलनबारे भारतीय सुरक्षा निकायले चासो देखाएका छन् ।

सप्तरीमा हुने इस्लामिक सम्मेलनप्रति भारतीय सुरक्षा निकायको चासो

बुधबार सीमावर्ती भारतको लौकही थानाका प्रमुख अरविन्द कुमार सम्मलेनस्थल पुगेर सप्तरीका सुरक्षा अधिकारीसँग भेटघाट गरेका छन् । सम्मेलनमा पाकिस्तानी नागरिकको घुसपैठ हुन सक्ने भन्दै भारतीय सुरक्षा अधिकारीले चासो दिएका हुन् । सम्मेलनको निहुँमा घुसपैठ हुन सक्ने भन्दै सीमामा सशस्त्र सुरक्षा बल(एसएसबी) को संख्या बढाइएको छ ।


सम्मेलनस्थलमा सुरक्षाकर्मी थपिँदै

शनिबारदेखि सुरु हुने मुस्लिम समुदायको इज्तिमा सम्मेलनलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सम्मेलनस्थलमा नेपाल प्रहरीका तीन सय र सशस्त्र प्रहरीका दुई सय सुरक्षाकर्मी थपिएको छ । त्यस्तै दङ्गा नियन्त्रण गण दुहबीबाट पनि थप टोली आउँदै गरेको सप्तरीका सुरक्षा अधिकारीले बताएका छन् ।


बिहीबार नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिम समुदायसमेत सम्मेलनमा सहभागी हुन आएको भन्दै गृह मन्त्रालयले बिहीबार उक्त सम्मेलनमा रोक लगाएको थियो । आयोजक समितिले बंगलादेश र पाकिस्तानबाट आएका धर्मगुरुहरुलाई फर्काउने र यसलाई अन्तर्राष्ट्रियकरण नगर्ने प्रतिबद्धता जनाएपछि गृह मन्त्रालयले सम्मेलन आयोजनाका लागि गृह मन्त्रालयले पुनः अनुमति दिएको छ ।

प्रकाशित : फाल्गुन २, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?