प्रधानमन्त्रीले शनिबार संसदमा सम्बोधन गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष गरेका कामबारे शनिबार संसदलाई जानकारी गराउने भएका छन् । शुक्रबार बोलाइएको संसदको बैठक राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन एक दिन पछि सरेको हो ।

प्रधानमन्त्रीले शनिबार संसदमा सम्बोधन गर्ने

संसद सचिवालयका अनुसार शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।


प्रतिनिधिसभाको शुक्रबारको बैठक भने सांसद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको कार्यसूचीः

प्रकाशित : फाल्गुन २, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?