१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाल फर्कन चाहने विद्यार्थीहरुका लागि दूतावासले जारी गर्‍यो सूचना

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने विद्यार्थीहरुका लागि सूचना जारी गरेको छ । चीनस्थित नेपाली राजदूतावासले जारी गरेको सूचनामा विद्यार्थी फर्काउने प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख छ ।

नेपाल फर्कन चाहने विद्यार्थीहरुका लागि दूतावासले जारी गर्‍यो सूचना

शनिबार नेपाल एयरलाइन्सको चार्टर्ड फ्लाइट ९ बजे वुहान विमानस्थलमा अवतरण हुनेछ । वुहानबाट यात्रुहरुलाई लिएर विमान ११ बजे (चिनियाँ समयअनुसार) उड्नेछ । र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । आइतबार बिहान २ बजेर १५ मिनेटमा काठमाडौंमा अवतरण हुनेछ ।

विद्यार्थीहरुले के-के नियम पालना गर्नुपर्छ ?

  • सबै विद्यार्थीलाई विश्‍वविद्यालयसँग समन्वय गर्न दूतावासले आग्रह गरेको छ । दूतावासले यसअघि १४ वटा विश्‍वविद्यालयलाई आधिकारिक पत्र पठाइसकेको छ । सबै विश्‍वविद्यालयले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्टहरु उपलब्ध गराउने वाचा गरेका छन् ।
  • त्यसैगरी यातायातका लागि दूतावासले सबैलाई जहाज उड्नुअघि ५ घण्टाअघि नै एयरपोर्टमा उपस्थित हुन जानकारी गराएको छ । बस ड्राइभरको नम्बर, फोन नम्बर, पिक अप टाइम बुझ्न सबै विद्यार्थीलाई दूतावासले आग्रह गरेको छ । यसका लागि विद्यार्थी स्वयंसेवकले सहयोग गर्नेछन् ।
  • खाना र पानीका लागि आफूले नै प्याक गरेको खानेकुरा खाने र बोतलको पानी पनि आफै ल्याउनु पर्ने जनाएको छ । सकेसम्म बाहिरको खानेकुरा खाँदै नखान जोड दिएको छ ।
  • दूतावासले विशेष उद्धार प्रक्रिया भएकाले लगेजमा २० केजीभन्दा बढी सामान नबोक्न विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
  • साथै दूतावासले तापक्रम देशअनुसार फरक पर्ने भन्दै केही सावधानी अपनाउन आग्रह गरेको छ । धेरै बाक्लो लुगाले शरीरको तापक्रम बढाउने भएकाले ठिक्कको लुगा लगाउन दूतावासले सुझाव दिएको छ । चस्मा, मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजर बोक्न भनिएको छ ।केही समस्या परेमा स्वयंसेवकहरुको मद्दत लिन भनिएको छ ।
  • विद्यार्थीहरु वुहान विमानस्थलमा हेल्थ स्टेटमेन्ट कार्ड अनिवार्य रुपमा भर्नुपर्नेछ । अध्यागमनले कार्ड संकलन गरी क्वारेन्टाइन प्रक्रियाको लागि पठाउनेछ । विद्यार्थीहरुले अध्यागमनमा खोकीको केही औषधि प्रयोग गरिँदैछ भने जानकारी गराउनुपर्छ ।
  • मेडिकल टेस्टका कारण नेपाल फर्कन नपाएका विद्यार्थी आफ्‍नै विश्‍वविद्यालयमा फर्किनुपर्छ । यसका लागि विमानस्थलको काउन्टरमा फर्किनका लागि सम्पर्क गर्न सकिनेछ ।
  • क्वारेन्टाइनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाने बस्न, सुरक्षा, सरसफाइ, खानको राम्रो प्रबन्ध गरेको दूतावासले जनाएको छ । अधिकारीहरुले जारी गरेको आदेश मजाले पालना गर्न दूतावासले आग्रह गरेको छ ।
  • थप सम्पर्कका लागि दूतावासका यी नम्बर(+86-186 1408 4380, 156 5072 0069, 157 0128 5763 ) मा सम्पर्क गर्न विद्यार्थीलाई आग्रह गरेको छ ।

प्रकाशित : फाल्गुन २, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?