१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कोरोनामाथि जितपछि आयोजनाका काम फेरि सुरु : राजदूत होउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसका कारण अहिले चिनियाँहरूले गर्दै आइरहेको कामका आयोजनाहरूमा असर पुगेको उल्लेख गर्दै केही समयपछि उक्त भाइरसविरुद्धको जितसँगै आयोजनाहरूका काम फेरि सुरु हुने बताएकी छन् ।

कोरोनामाथि जितपछि आयोजनाका काम फेरि सुरु : राजदूत होउ

चिनियाँहरूले निर्माण गरिरहेको नेपालका आयोजनाहरू केही समयदेखि प्रभावित भएको सार्वजनिक भएपछि राजदूत यान्छीले सञ्चारकर्मीलाई आफ्नो लिखित धारणा पठाउँदै त्यसबारेमा स्पष्ट पारेकी हुन् । धेरै चिनियाँहरू केही समयअघि चीनमा पर्व मनाउन गएको र भाइरसका कारणले उनीहरू अहिले फर्कन नसकेको पनि उनले बताइन् । ‘कोरोनाविरुद्ध लडेर अन्त्यमा जब हामी सफलता हासिल गर्छौं । त्यसपछि नेपालका आयोजनाहरूका काम फेरि सुरु हुनेछन्,’ उनको भनाइ छ ।

नेपालले मनाइरहेको नेपाल भ्रमण वर्ष–२०२० मा चिनियाँ पर्यटक कम आउँदा समस्या पर्न गएको पनि उनले बताइन् । उनले यो समयमा चीनबाट ओहोरदोहोर नहुँदा नेपाल भाइरस संक्रमण हुनबाट जोगिएको पनि उल्लेख गरिन् । ‘यसले गर्दा अन्य मुलुकका पर्यटकहरूलाई नेपाल भ्रमण गर्ने वातावरण बनेको छ,’ यान्छीको निचोड छ । उनले चीन कोरोना भाइरसका कारण समस्यामा परेको बेलामा नेपालले सहयोग गरेको पनि बताइन् ।

प्रकाशित : फाल्गुन २, २०७६ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?