कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारको दोस्रो वर्ष विकास आरम्भको हो : प्रधानमन्त्री [लाइभ हेर्नुहोस्]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षलाई विकासको आरम्भको वर्षका रूपमा लिएको बताएका छन् । प्रतिनिधिसभाको शनिबार जारी बैठकमा विशेष सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकारको पहिलो वर्ष आधार वर्ष भएको र चालु दोस्रो आर्थिक वर्षलाई विकासको आरम्भको वर्ष भएको बताएका हुन् ।

सरकारको दोस्रो वर्ष विकास आरम्भको हो : प्रधानमन्त्री [लाइभ हेर्नुहोस्]

'पहिलो वर्षलाई आधार वर्षका रूपमा लिएका थियौं । चालु दोस्रो आर्थिक वर्षलाई विकासको आरम्भको वर्षका रूपमा लिएका छौं,' ओलीले भने ।

बलियो जगमा उभिएको सरकार भएकाले काम गर्ने शैली फरक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले 'आफ्नै आयू भविष्यको टुंगो नभएको सरकारले गर्ने काम र बलियो जगको र भविष्यको टुंगो भएको सरकारले गर्ने काम फरक हुने' भन्दै उनले वर्तमान सरकारले लोकरिझ्याँइ र इच्छासूचीका योजना नल्याएको दाबी गरे ।

उनले दोस्रो वर्षमा सरकारले ५५ नयाँ कानुन निर्माण भएका गरेकोलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । त्यस्तै, २०१ ऐन संशोधन र १३ ऐन खारेज गरेर संघीयतालाई कार्यान्वयन गर्न सरकार लागेको भन्ने पुष्टि भएको बताए । उनले लोकतन्त्र विस्तारित हुँदै गएको दाबी गरेका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?