कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं भने नक्सा छाप्‍ने कुरा के हो र ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको नेपालको भूभाग फिर्ता ल्याउने तयारीमा सरकार रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा शनिबार कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले सोधेको सीमा मिचेको विषयमा भारतसँग के छलफल भइरहेको छ र नक्सा कहिले छाप्ने हो ? भन्ने प्रश्नको जवाफमा ओलीले भने, 'हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं भने नक्सा छाप्ने कुरा त के भयो र, एकछिनमै छापिहालिन्छ ।'

'भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं भने नक्सा छाप्‍ने कुरा के हो र ?'

ओलीले संसदमा विशेष सम्बोधन गरेपछि सांसद बडूले दार्चुलास्थित कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले मिचेको विषयमा प्रश्न सोधेका थिए । उनले त्यो भूमि फिर्ता ल्याउनेबारे भारत सरकारसँग कहिले वार्ता हुन्छ र सीमा सुरक्षाका लागि सरकारले के गरिरहेको छ भन्ने लगायतका प्रश्न गरेका थिए ।

जवाफमा ओलीले भारतसँग कूटनीतिक तयारी भइरहेको बताए । उनले भने, 'नेपालको भूभाग नेपालले छोड्दैन । अहिले खासगरी उठेको प्रश्न कालीनदीको मुहानको बारेमा, लिम्पियाधुरा क्षेत्रको, लिपुलेक क्षेत्रको र कालापानीको बारेमा हुन् । तथ्य प्रमाणहरूले यी भूभाग नेपालका हुन् भनिरहेका छन् ।'

नेपालले मात्रै वार्ता गर्छु भनेर नहुने ओलीको भनाइ थियो । 'फलानो दिन वार्ता गर्छु भनेर एकतर्फी भनिने कुरा होइन । दुई तर्फी छलफल गरेर वार्ताको मिति तोकिनेछ,' उनले भने । भारत सरकारसँग सीमाबारे सार्वभौम मुलुकका रूपमा वार्ता गर्ने उनको भनाइ थियो । 'यो सरकार वार्तामा समानता, भौगोलिक अखण्डताका सवालमा कुनै अनुचित सम्झौता गर्दैन । त्यसमा स्पष्ट हुन आग्रह गर्दछु,' उनले भने ।

सीमा क्षेत्रमा सशस्न प्रहरी राख्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले जानकारी दिए । उनले भने, 'सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने काम भइरहेको छ । बीओपीको तयारी तीव्र भइरहेको छ ।'

सम्बन्धित समाचारः

प्रकाशित : फाल्गुन ३, २०७६ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?