कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सभामुखले प्रस्तुत गर्नेबित्तिक्कै एमसीसी पास हुन्छ : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदबाट सजिलै पास हुने दाबी गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले अमेरिकी नियोग एमसीसीसँग गरिएको सम्झौता सभामुख अग्‍निप्रसाद सापकोटाले प्रस्तुत गर्नेबित्तिक्कै पास हुने र कार्यान्वयनमा जाने बताएका हुन् ।

सभामुखले प्रस्तुत गर्नेबित्तिक्कै एमसीसी पास हुन्छ : प्रधानमन्त्री

राजनीतिक दलहरूमा विवाद हुनु आफ्नो ठाउँमा रहेको तर उक्त सम्झौता सदनमा प्रस्तुत भएपछि पास हुने ओलीले बताएका हुन् । 'एमसीसी राजनीतिक दलहरूले अध्ययन गर्लान् त्यो आफ्नो ठाउँमा छ । तर सरकारले अनुमोदनका लागि संसदमा पेस गरेको छ । सभामुख महोदयले निर्णयार्थ प्रस्तुत गर्नेबित्तिक्कै पास हुन्छ, अगाडि बढ्छ,' उनले भने ।

एमसीसीबारेको विवाद राजनीतिक दलहरूको आन्तरिक भएको भन्ने प्रधानमन्त्रीको भनाइ थियो । सरकारले पेस गरेकाले पास हुनुपर्ने उनको तर्क थियो । दलहरूले बुझेपछि त्यसमा विवाद नरहने उनले बताए ।

एमसीसीको बारेमा नेकपामा विवाद छ । प्रतिपक्षी कांग्रेसले भने उक्त सम्झौता छिटो पास गर्नुपर्ने बताउँदै आएको छ । नेकपाको केन्द्रीय समिति बैठकले भने एमसीसीको अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : फाल्गुन ३, २०७६ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?