२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

नेपाली लिन चीन उड्यो विमान

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसको उद्मगस्थल चीनको हुवेई प्रान्तको वुहान र आसपासका क्षेत्रबाट नेपालीहरु उद्धार प्रक्रिया सुरु भएको छ । नेपाली समय ४ बजेर १ मिनेट नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडेको छ । जहाज काठमाडौँबाट उडेको ३ घण्टा ३६ मिनेटमा वुहान पुग्नेछ ।

नेपाली लिन चीन उड्यो विमान

उद्धारको पर्खाइमा रहेका नेपालीहरु अहिले वुहान एयरपोर्टमा जम्मा भइसकेका छन् । वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ । आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेकाे छ।

काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन भक्तपुरकाे खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ । विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन् ।

प्रकाशित : फाल्गुन ३, २०७६ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?