कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पूर्वसांसद ज्ञवालीको निधन 

माधव अर्याल

पाल्पा — पूर्वसांसद भागवत ज्ञवालीको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । ज्ञवालीको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । छाती, फोक्सो र पिसाबमा समस्या देखिएका ज्ञवालीको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको थियो । 

पूर्वसांसद ज्ञवालीको निधन 

२०४८ सालमा गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ज्ञवाली नेपाली कांग्रेस गुल्मीको पहिलो सभापतिसमेत हुन् । ज्ञवालीले २०४८ सालमा एमालेका प्रभावशाली नेता जीवराज आश्रितलाई पराजित गरेका हुन् । आश्रित गुल्मी क्षेत्र नम्बर १ हरेवाका बासिन्दा भए पनि क्षेत्र नम्बर २ बाट निर्वाचन लडेका थिए । त्यस्तै २०५१ सालको निर्वाचनमा ज्ञवाली एमाले उम्मेदवार कमल श्रेष्ठसँग पराजित भएका थिए । त्यसपछि भने उनी कहिल्यै चुनाव लडेनन् ।


राजनीतिक साथै शैक्षिक व्यक्तित्व एवं समाजसेवीका रुपमा परिचित ज्ञवाली लामो समयदेखि पाल्पाको तानसेनमा बस्दै आएका थिए ।


लोकतान्त्रिक समाजवादी आन्दोलनका अगुवा रहेका ज्ञवाली २००१ साल मंसिर १ गते गुल्मीको मानकोटमा जन्मेका हुन् । उनलाई आदर्श, निष्ठा र इमानदार नेताका रुपमा चिनिने धातानन्द भुसाल बताउँछन् । तानसेन बहुमुखी क्याम्पसको स्थापना गरेर २०५६ सालदेखि निरन्तर अध्यक्ष थिए । ज्ञवाली पाल्पा तथा गुल्मीका विभिन्‍न सामाजिक शैक्षिक संघ संस्थामा क्रियाशील थिए ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?