२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बहुविवाह मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

धादिङ — फरार बहुविवाह मुद्दाका प्रतिवादीलाई धादिङ प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत धादिङले बहुविवाह मुद्दामा २०५४ मंसिर २० गते १ महिना १५ दिन कैद र दुई हजार जरिवाना तोकेका साविक नलाङ गा.वि.स.३ हाल सिद्धलेक २ बस्ने ५२ वर्षीय रामबहादुर अर्याललाई प्रहरीले सोमबार पक्राउ गरेको हो । 

बहुविवाह मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय धादिङको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत बहुविवाह मुद्दाका फरार प्रतिवादी अर्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिए ।

खड्काका अनुसार अर्याललाई धादिङ जिल्ला अदालतमार्फत कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७६ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?