महराको निलम्बन फुकुवा

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वसभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन फुकुवा भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि महराको सांसद पद निलम्बन फुकुवा भएको हो ।

महराको निलम्बन फुकुवा

अदालतले महराले सफाइ पाएको पत्र मंगलबार संसद सचिवालयलाई पठाएपछि उनको निलम्बन फुकुवा भएको हो । सभामुख अग्‍नि सापकोटाले मंगलबारको संसद बैठकमा महराको सांसद पद निलम्बन फुकुवा भएको जानकारी गराएका छन् ।

यौन दूराचारको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

महराविरुद्ध प्रहरीले बलात्कार प्रयासको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि सांसद पद निलम्बन भएको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७६ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?