२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लागुऔषधसहित ७ जना पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित सात जना पक्राउ परेका छन् । प्रहरीले फरकफरक समय र ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । अवैध लागुऔषध चरेससहित ४, लागुऔषध ट्याब्लेटसहित २ र चरेस र कस्तुरीको दाह्रासहित १ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

लागुऔषधसहित ७ जना पक्राउ 

गत माघ २४ गते आठबीसकोट नगरपालिका–१४, छेपारेबाट ४ जना पक्राउ परेका छन् । लागुऔषध ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले २ सय ७५ ग्राम कालो खैरो रंगको सेलेदार चरेस, अफिमजस्तो अर्ध ठोस पदार्थ ३० ग्राम, मिठाई गुणजस्तो देखिने अर्थ ठोस पदार्थ १३ किलो झुक्यानमा पार्ने गरी लागु औषधजस्तो बनाइ राखेको काठको टुक्राको पोका दस थान, खुर्सानीको धुलोसहित उनीहरु पक्राउ परेको प्रहरीले बताएको छ ।

उक्त मुद्दामा सानीभेरी गाउँपालिका–४, का २८ वर्षीय वसन्त भनिने बलबहादुर चन्द, बाँफिकोट गाउँपालिका–८, का २३ वर्षीय लक्ष्मण केसी, ५ नम्बर वडाका ३१ वर्षीय महेन्द्रकुमार केसी र आठबीसकोट नगरपालिका–११, का २८ वर्षीय विमलकुमार शाही पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

लागुऔषधको कारोबार हुन लागेको खबरका आधारमा उनीहरुलाई पक्राउ गरिएको केसीले बताए । यसैगरी अवैध लागुऔषधसहित ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ । फागुन ४ गते त्रिवेणि गाउँपालिका–३, झुल्नेटा बजारबाट ४ सय ३४ ट्याब्लेट सहित मुसीकोट नगरपालिका–३, का २१ वर्षीय विष्णु कसेरा र रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१४, का १९ वर्षीय गायस पुनलाई प्रहरीले पक्रेको हो ।

उनीहरुको साथबाट ट्याब्लेटसहित गाँजासमेत प्रहरीले फेला परेको छ । फागुन ५ गते मुसीकोट नगरपालिका–१, घ्यू खोलाबाट चरेस र कस्तुरीको दाह्रासहित अर्को एक जनालाई पक्राउ गरिएको छ । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–१०, घुम्लीबाङका १९ वर्षीय सिलास बुढा एक किलो ३ सय ग्राम चरेसजस्तो देखिने ठोस लागु पदार्थ, एक किलो ७ सय ग्राम जनावरकोजस्तो देखिने सुकुटी र कस्तुरीकोजस्तो देखिने दाह्रासहित पक्राउ परेका हुन् । निलो रंगको सिन्थेटिक झोला बोकेर हिँडिरहेको अवस्थामा रितपूर्वक खोजतलास गर्दा उक्त वस्तु फेला परेको डीएसपी केसीले बताए ।

मंगलबार प्रहरीले बरामद वस्तुसमेत ७ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । ४ जनाको म्याद थप भइ अनुसन्धान भइरहेको छ भने २ जनाको पहिलोपटक म्याद थप भएको छ । अर्को एक जनामाथि पनि अनुसन्धान भइरहेको डीएसपी केसीले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?