कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्ववियु निर्वाचन स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेलाई घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ ।

स्ववियु निर्वाचन स्थगित

त्रिवि कार्यकारी परिषद्ले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा मगरले जानकारी दिए ।

मिति घोषणा गरेपनि त्रिविले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न सकेको थिएन् । विद्यार्थी संघ संगठनबीच सहमति नहुँदा निर्वाचन अनिश्चित बनेको थियो ।

प्रमुख प्रतिपक्षी कांग्रेस निकट नेपाल विद्यार्थी संघले केही समय मागेका कारण पनि १४ गते तोकिएको मिति स्थगित गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ । चैत अन्तिमसम्ममा निर्वाचनको मिति घोषणा गर्न त्रिवीभित्र छलफल चलिरहेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७६ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?