१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मनमोहन कार्डियोथोरासिक सेन्टरमा प्रधानमन्त्रीको एन्जियोग्राफी, अवस्था सामान्य

स्वरूप आचार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कोरोनरी एन्जियोग्राफी गरिएको छ ।

मनमोहन कार्डियोथोरासिक सेन्टरमा प्रधानमन्त्रीको एन्जियोग्राफी, अवस्था सामान्य

मनमोहन कार्डियोथोरासिक सेन्टरमा मंगलबार बेलुका करिब साढे ५ बजे उनको मुटु परीक्षण गरिएको हो । डा. अरुण सायमीको नेतृत्वको टोलीले उनको मुटुको परीक्षण गरेको थियो । अस्पतालको उच्च स्रोतले दिएको सूचना अनुसार प्रधानमन्त्री ओलीको मुटुको अवस्था सामान्य रहेकाले उनलाई आजै साँझ डिस्चार्ज गरिने सम्भावना धेरै छ ।

मुटुरोग विशेषज्ञ प्राडा. अरुण सायमीले प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा कुनै समस्या नभएको दाबी गरेका छन् । 'उहाँ मुटुमा कुनै समस्या भएकोले आउनुभएको भने होइन,' उनले भने, 'हामीले नियमित परिक्षणकै रुपमा उहाँको एन्जियोग्राफी गरेर हेरेका हौं । सबै ठिक छ ।उहाँ आजै फर्किनु हुन्छ ।'

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको मुटुको सामान्य परीक्षण मात्रै गरिएको दाबी गरे । उनले भने, 'प्रधानमन्त्रीको अन्य अंग झैं मुटुको पनि सामान्य परीक्षण गरिएको हो । उहाँ अहिले साढे ८ बजे निवास फर्कनुहुन्छ । भोलीको प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागी हुनुहुन्छ ।'


मुटुको एन्जियोग्राफीमा दख्खल राख्ने एक चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा बताए अनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी स्वरुप नै यो परिक्षण गरिएक हुनसक्ने सम्भावना धेरै रहेको छ । 'कोरोनरी एन्जियोग्राफी भनेको मुटुकको रक्तनलीहरुको अवस्था हेर्न गरिने परिक्षण हो । यो सामान्य परिक्षण त होइन, किनभने यो गर्दा धेरै प्रकारका जोखिमहरु रहन्छन्,' उनले भने 'तर प्रधानमन्त्रीलाई मुटुमा कुनै समस्या देखिएका कारणले भन्दा पनि मिर्गौला प्रत्यारोपणको तयारी स्वरुप एन्जियो गरिएको हुनसक्छ ।'


उनको अनुसार परिक्षणमा मुटुको अवस्था सामान्य देखिए बिरामीलाई चार घण्टा जति निगरानीमा राखेर घर पठाउन सकिन्छ ।


प्रधानमन्त्री ओलीले केही समय अघि सम्पादकहरुसँगको छलफलमा छिट्टै आफ्नो दोस्रो मिर्गौला प्रत्यारोपण गर्ने बताएका थिए । त्यसैको तयारी स्वरुप मुटुको परीक्षण गरिएको हुनसक्ने स्रोतले दाबी गरेको छ ।

यो पनि पढ्नुहोस्ः

छिट्टै मृगौला प्रत्यारोपण गर्छु: प्रधानमन्त्री
प्रधानमन्त्रीको ‘बोन डेन्सिटी’ परीक्षण

प्रकाशित : फाल्गुन ६, २०७६ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?