२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

राष्ट्रपतिद्वारा ३२९ को कैद मिनाहा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३२९ कैदीलाई बाँकी कैद मिनाहा गरी रिहा गरेको छ ।

राष्ट्रपतिद्वारा ३२९ को कैद मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बुधबारदेखि लागू हुने गरी प्रकाश थेवेसहित ३ सय २९ कैदीको बाँकी कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले सरकारको सिफारिसमा उनीहरूको कैद मिनाहा गरेकी हुन् । उनीहरू बुधबार रिहा हुनेछन् ।

सरकारले ६० प्रतिशत जेल सजाय भुक्तान गरिसकेकालाई सम्बन्धित जेल प्रशासन हुँदै कारागार विभागबाट आएको प्रस्तावअनुसार उनीहरूलाई रिहा गर्ने निर्णय गरेको हो ।

प्रकाशित : फाल्गुन ६, २०७६ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?