कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पोखरेललाई ‘कर्मयोगी बद्री पहाडी’ पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई प्रदान गरिने भएको छ । 
मानव अधिकार तथा शान्ति समाजले स्थापना गरेको १ लाख १० हजार रुपैयाँ राशिको पुरस्कार यस वर्ष पोखरेललाई दिने निर्णय गरिएको समाजका सभापति उत्तम पुडासैनीले जानकारी दिए । 

पोखरेललाई ‘कर्मयोगी बद्री पहाडी’ पुरस्कार

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पोखरेलले निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि पुरस्कृत गर्ने निर्णय गरिएको पुडासैनीले बताए ।

पुरस्कार आगामी चैत १ काठमाडौंमा कार्यक्रम आयोजन गरी प्रदान गरिनेछ । २०१० साल जेठ २ गते खोटाङको ऐसेलुखर्कमा जन्मिएका पोखरेलले पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

तीन दशक सरकारी सेवामा विताएका पोखरेलले सन् २०१५ मा म्यानमारमा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सह-अध्यक्षको भूमिका निभाएका थिए ।

प्रकाशित : फाल्गुन १३, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?