२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सांसद गिरीको प्रश्‍न, ‘नेकपाको समाजवाद कमिसनवादबिना टिक्न सक्छ ?’

कान्तिपुर संवाददाता

काठमाडौँ — समाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ दल नेकपा कमिसनबिना अगाडि बढ्न नसक्ने बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद गिरीले कमिसनबिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन् ।

सांसद गिरीको प्रश्‍न, ‘नेकपाको समाजवाद कमिसनवादबिना टिक्न सक्छ ?’

‘नेकपाको समाजवाद कमिसनवादबिना टिक्न सक्छ ?’ सांसद गिरीले प्रश्न गरिन् । पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव गिरीले दिइन् ।


गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप लगाइन । नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने ? गिरीको प्रश्न थियो । उनले भनि, ‘विधिका शासन कहाँ गया ? सभामुख महोदय’


पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रकरणले प्रतिपक्षी दलले बोलेको कुराहरुको सत्तारुढ दलले प्रवाह नगर्ने प्रवृत्ति हाबी भएको बताइन् । बाँस्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उनले बाँस्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्न गरिन् ।

हुवावे देखि लिएर यति होल्डिङसम्म सरकार अड्केको दाबी गर्दै गिरीले यस विषयमा प्रधानमन्त्रीले जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताइन् ।

प्रकाशित : फाल्गुन १३, २०७६ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?