२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेपाल ट्रस्टको सम्पत्ति बारे जानकारी दिन रक्षामन्त्रीले जारी गरे श्‍वेतपत्र

कृष्ण ज्ञवाली

काठमाडौँ — नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टका सम्पत्ति र त्यसको व्यवस्थापन बारे जानकारी दिन मंगलबार श्वेतपत्र जारी गरेका छन् ।

नेपाल ट्रस्टको सम्पत्ति बारे जानकारी दिन रक्षामन्त्रीले जारी गरे श्‍वेतपत्र

ट्रस्टको ९० प्रतिशत जग्गा यति समूहलाई दिएको भन्दै सरकारको चौतर्फी विरोध हुन थालेपछि उनले सो निर्णयको बचाउ गर्दै श्वेतपत्र जारी गरेका हुन् । श्वेतपत्रमा हालसम्म नेपाल ट्रस्टको नाममा २१ हजार रोपनी जग्गा भेटिएको उल्लेख गरिएको छ ।


यस्तै श्वेतपत्र दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङ्सलाई लिजमा दिँदा क्रमश: पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको उल्लेख गरिएको छ ।


रक्षामन्त्री पोखरेलले श्वेतपत्र जारी गर्दै ट्रस्टबाट आम्दानी भएको रकम शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइने पनि स्पष्ट पारेका छन् ।


यती समूहले गोकर्ण रिसोर्टको लिज अवधि ५ वर्ष बाँकी रहँदै थप २५ वर्षलाई पाएपछि ओली सरकारमाथि प्रश्न उठ्न थालेको थियो।

प्रकाशित : फाल्गुन १३, २०७६ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?