कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

३० को दशकसम्ममा वार्षिक १ करोड पर्यटक आउने बनाउँछौं : पर्यटनमन्त्री

आनन्द गौतम

ताप्लेजुङ — संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०३० को दशकमा पुग्दा मुलुकमा वार्षिक एक करोड पर्यटक भित्रीने वातावरण बनाउने दाबी गरेका छन् । नेपाल भ्रमण वर्षमा देशले अपेक्षा गरे अनुसारको पर्यटक आउने नआउने अनिश्चित बनिरहेकाबेला उनले वार्षिक त्योभन्दा पाँच गुणा बढी पर्यटक भित्र्याउने महत्वकांक्षा सार्वजनिक गरेका हुन् । 

३० को दशकसम्ममा वार्षिक १ करोड पर्यटक आउने बनाउँछौं : पर्यटनमन्त्री

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘यो २० लाखले पुग्दैन, एक दशकमा एक करोड आउने पुर्‍याउँछौं ।’ एक दशकमा मुलुकका सबै ठूला विमानस्थल सञ्चालनमा ल्याइसक्ने पनि उनले बताए । ‘बनिएका तर जहाज नचलेका सबै विमानस्थलमा जहाज चलाउन निर्देशन दिएको छु,’ भट्टराईले भने, ‘सबै विमानस्थल स्तरोन्नति का लागि पनि आवश्यक प्रक्रिया बढाएका छौं ।’ यो दशकमा विमानस्थल, सडक र पर्यटकीय क्षेत्रको व्यापक विकास गर्ने उनको दाबी छ । फूट ट्रेल, सांकृतिक संरचना सरकारले पर्याप्त निर्माण गर्ने उनले बताएका छन् । नेपाललाई चीन र भारतकै मात्रै पर्यटकले पनि पर्याप्त हुने भन्दै त्यसका लागि पूर्वाधार र प्रचारको काम गर्ने भट्टराईले बताए ।


चीनमा अहिले कोरोना भाइरसका कारण नेपालको पर्यटन बजारसमेत प्रभावित भएको उल्लेख गर्दै भट्टराईले यो अवस्था सधैं नरहने र पर्यटक आगमन बढ्ने बताए । समुदायलाई सक्नेले होटल र नसक्नेले गाउँ समाज मिलेर होमस्टे चलाउन पनि आग्रह गरे । प्रधानमन्त्री केपी ओलीले लगाएको समृद्ध नेपाल सुखी नेपालीको नारा उल्लेख गर्दै उनले उनको नेतृत्वको सरकारले राम्रा काम गरिरहेको बताए । सूचना तथा सञ्चारमन्त्रीले कमिसन मागेको विषय सेलाइ नसकेको अवस्थामा भट्टराईले यो सरकारका मन्त्रीले भ्रष्टाचार नगर्ने यदि कसैले गरे सरकार र पार्टीले नछोड्ने दाबी गरे । यसमा कुनै राजनीतिक पूर्वाग्रह नहुने पनि उनले बताए ।


मंगलबार विहान जिल्लाको एकमात्र सुकेटार विमानस्थल अवलोकन गरेका भट्टराईले यसलाई ठूला जहाज चल्ने बनाउने बताए । अहिले यहाँ ट्वीनेटर जहाजमात्रै चल्दै आएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?