२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सांसद हाजिर लगाएर हिँडेपछि संसद बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । बैंक तथा वित्तिय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएपछि कांग्रेस सांसद अतहर कमाल मुसलमानले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए ।

सांसद हाजिर लगाएर हिँडेपछि संसद बैठक स्थगित

त्यसपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । उक्त अवधिमा गणपूरक संख्या पुग्ने अवस्था नआएपछि संघीय संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधिसभा बैठक बुधबार अपराह्न १ बजेसम्मका लागि स्थगन भएको जानकारी दिएको हो ।

सांसदहरू हाजिर गरेर संसद भवनबाट बाहिरिएपछि संसदमा गणपूरक संख्या नपुगेको हो । कुनै पनि विधेयक निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ सांसदको उपस्थिति हुनुपर्ने व्यवस्था छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?