कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जागिरको प्रलोभन देखाएर सामूहिक बलात्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — उनलाई फेसबुकमा एक अपरिचितको ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । सहजै ‘एसेप्ट’ गरिन् । मेसेन्जरमा कुराकानी हुन थाल्यो । दिन प्रतिदिनको कुराकानीले उनीहरू नजिकिए ।

जागिरको प्रलोभन देखाएर सामूहिक बलात्कार

सुनसरी इटहरीकी घर भएकी उनी जागिरको खोजीमा थिइन् । ३४ वर्षीया उनलाई फेसबुकमार्फत् चिनजानका साथीले आकर्षक जागिरको प्रलोभन देखाए । प्लेनको टिकटसमेत मिलाइ दिए । जागिरको आशामा उनी काठमाडौं ओर्लिइन् । जब उनी काठमाडौं झरिन्, सामूहिक बलात्कारको सिकार भइन् ।


सामूहिक बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगन्जले दुई दाजुभाईलाई पक्राउ गरेको छ । वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालका अनुसार बलात्कारको अभियोगमा झापा गौरीगन्ज–१ घर भइ बुढानीलकण्ठ नगरपालिका–६ हात्तिगौंडा बस्ने ३५ वर्षीय सुवास संग्रौला र उनका भाइ ३३ वर्षीय विशाल संग्रौला पक्राउ परेका छन् ।


उनीहरूले ती महिलालाई बुढालिनकण्ठ नगरपालिका–६ गणेश चोकस्थित सुवास संग्रौलाको घरमा र भक्तपुरको एक रिसोर्टमा लगेर सामूहिक बलात्कार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।


पक्राउ परेका संग्रौला दाजुभाईलाई प्रहरीले जबर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको छ । पीडित महिलालाई भने एक सामाजिक संस्थामा आश्रय दिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?