३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

७० करोडको अडियो प्रकरणबाट ध्यान मोड्न नेपाल ट्रस्टको श्वेतपत्र : कांग्रेस प्रवक्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्वतमान सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणको ध्यान अन्यत्र मोड्न सरकारले नेपाल ट्रेस्टको श्वेतपत्र जारी गरेको आरोप लगाएका छन् ।

७० करोडको अडियो प्रकरणबाट ध्यान मोड्न नेपाल ट्रस्टको श्वेतपत्र : कांग्रेस प्रवक्ता

मंगलबार साँझ प्रवक्ता शर्माले ट्वीट गर्दै अडियो प्रकरणबाट ध्यान अन्यत्र मोड्नका लागि सरकारले नेपाल ट्रस्टको श्वेतपत्र जारी गरेको बताएका हुन् ।

उनले लेखेका छन्,'धर्मपुत्रको ७० करोडबाट ध्यान मोड्ने प्रयत्न,अर्थात नेपाल ट्रस्टको श्वेतपत्र ! '

यस्तै उनले श्वतेपत्रमा प्रायोजित रुपमा निकालिएको बताएका छन् । उनले लेखेका छन्,'श्वेतपत्रको `शास्त्र´ पालना नगरी निर्माण गरिएको दुब्लो अस्त्र । कुनै नाम जानेर छोड्ने कुनै हिसाब गरेर जोड्ने । गोकर्णको मुद्दा जो समेत माथि,जारी उहाँबाटै ।'

यस्तै उनले सरकारलाई आफ्नो शिरमा मुद्दा आफैं न्यायाधीश ? भन्दै प्रश्न समेत गरेका छन् ।

प्रकाशित : फाल्गुन १३, २०७६ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?