कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ग्रिनेड बम र पेस्तोलसहित चन्द समूहका दुई नेता पक्राउ

शिव पुरी

रौतहट — प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द समूका रौतहट जिल्ला इन्जार्चसहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको टोलीले पेस्तोल, ग्रिनेड बम र अन्य दस्तावेजसहित दुई जनालाई पक्राउ गरेको हो ।

ग्रिनेड बम र पेस्तोलसहित चन्द समूहका दुई नेता पक्राउ

डीएसपी हेमबहादुर शाहीको नेतृत्वमा गएको टोलीले चन्द्रपुर–३, महादेवडाडा अल्लाजोरबाट चन्द्रपुर–५ थलहीटोल घर भएका चन्द समूहका रौतहट जिल्ला इन्चार्ज मानबहादु राई (कुमार) र बागलुङ ढोरपाटन नगरपालिका–२ बुर्तिवाङ का कमल गुरुङ (जगत) लाई पक्राउ गरेको हो । गुरुङ चन्द समूहको भ्रातृ संगठन नेपाल य्वा संघका जिल्ला अध्यक्ष हुन् ।


दुवैलाइ गोप्य सूचनाको आधारमा घेरा हालेर पक्राउ गरेको डीएसपी शाहीले जानकारी दिए । उनीहरुबाट ग्रिनेड बम, एक थान पेस्तोल, त्यसमा लाग्ने गोली, मोबाइल ७ थान, केही सिमकार्ड, पार्टीको दस्तावेज बरामद गरिएको डीएसपी शाहीले बताए । ‘उनीहरु रौतहटका जनप्रतिनिधिलाई चन्दा मागेर हैरान पार्ने एनसेल टावरमा आगजनी गर्ने जस्ता काममा सक्रिय हुँदै आएका थिए,’ डीएसपी शाहीले भने, ‘केही समयदेखि हामीले निगरानी र पिछा गर्दै आएका थियौं । उनीहरु मकवानपुरका सिममा लुकेर बसेको सूचना पाएपछि घेरा हालेर नियन्त्रणमा लिन सफल भयौं ।’

प्रकाशित : चैत्र ८, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?