१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नर्भिकले भन्यो- ‘कोरोना संक्रमित छैनन्, अफवाह फैलाउनेलाई कारबाही गरियोस्’

काठमाडौँ — कोरोना भाइरस(कोभिड-१९)का बिरामी भेटिएको भनेर सामाजिक सञ्‍जालमा सेयर भइरहेका सन्देश भ्रमपूर्ण भएको नर्भिक अस्पतालले जनाएको छ । सामाजिक सञ्जालमा फैलाइएका सन्देश झुटो भएको स्पष्टिकरण दिँदै अस्पतालले खण्डन गरेको छ ।

नर्भिकले भन्यो- ‘कोरोना संक्रमित छैनन्, अफवाह फैलाउनेलाई कारबाही गरियोस्’

शनिबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोभिड- १९ को बिरामी अस्पतालमा भेटिएको भ्रामक रहेको जनाएको हो । विज्ञप्तिमा लेखिएको छ, 'यसखाले अपराधपूर्ण अफवाहको हामी कडा निन्दा गर्दछौं । हालसम्म नर्भिकमा कोभिड-१९ का कुनै पनि बरामी पत्ता लागेका छैनन् । यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्दछ ।'

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले अफवाह फैलाउनु अपराधपूर्ण भएको भन्दै कानुनी कारबाही गर्न माग गरेका छन् । नर्भिकमा अहिलेसम्म कोरोनाको संक्रमित नभेटिएको र त्यसको जाँच गर्ने व्यवस्था पनि नरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।


प्रकाशित : चैत्र ८, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?