कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अनुमतिबेगर स्वदेश फर्किएका ६३ नेपाली खरिपाटी क्‍वारेन्टाइनमा

लीला श्रेष्ठ

काठमाडौँ — नेपाल सरकारको अनुमतिबिना विभिन्न मुलुकबाट शनिबार स्वदेश फर्किएका ६३ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा पुर्‍याइएको छ । 

अनुमतिबेगर स्वदेश फर्किएका ६३ नेपाली खरिपाटी क्‍वारेन्टाइनमा

प्राणघातक कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकार लगाएको प्रतिबन्धविपरीत विदेशी एयरलाइन्स कम्पनीले बेकेर ल्याएका ५ महिलासहित ६३ नेपालीलाई खरिपाटी क्‍वारेन्टाइनमा राखिएको भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए ।


स्वदेश आएका ६३ नेपालीलाई विमानस्थलबाट दुइटा साझा बसले नि:शुल्क रुपमा खरिपाटी पुर्‍याएका थिए । उनीहरु जापान, मलेसिया, भारतबाट एयर इन्डिया र थाइ एयरवेजको विमान चढी नेपाल आएका हुन् । अनुमतिबिना नेपाल आएकाहरु अब १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।


खरिपाटीमा नेपाली सेनाले हेल्थ डेक्स सुरु गरिसकेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गतेको बैठकले

युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।

यो पनि

प्रकाशित : चैत्र ८, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?