१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

हेलिकप्टरबाट औषधि छर्ने कुनै योजना छैनः सेना

भ्रामक समाचारमा विश्‍वास नगर्न आग्रह

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपाली सेनाले हेलिकप्टरबाट औषधि छर्ने कुनै योजना नभएको जनाएको छ ।

हेलिकप्टरबाट औषधि छर्ने कुनै योजना छैनः सेना

शनिबार विभिन्‍न सामाजिक सञ्‍जालहरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकाशबाट कोभिड-१९ विरुद्ध किटनासक औषधि छोडिने सूचना फैलाइएपछि सेनाले शनिबार विज्ञप्तिमार्फत प्रस्ट पारेको हो । 'नेपाली सेनाले हेलिकप्टर प्रयोग गरी किटनासक औषधि छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ' विज्ञप्तिमा उल्लेख छ ।


सेनाले संवेदनशील घडीमा भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्‍वास नगर्न अनुरोध गरेको छ । सेनाले कोभिड-१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै आन्तरिक रुपमा भाइरसको रोकथाम र सम्भावित महामारीविरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी भने सुरु गरेको जनाएको छ ।


विज्ञप्ति


प्रकाशित : चैत्र ८, २०७६ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?