समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण 

१८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल
टीकाप्रसाद भट्ट

रामेछाप — काठमाडाैंबाट लुक्काका लागि उडेको समिट एयर नाइन एन एएमजी कल साइनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । आइतबार बिहान ९ बजेतिर जहाजका दुवै इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण  गरेको नागरिक उडड्यन कार्यालय रामेछापका एटिसी विवस दाहालले जानकारी दिए ।

समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण 

विमानमा रहेका १८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल रहेका छन । दाहालका अनुसार जहाजका दुवै इन्जिन फेल भएपछि समिट एयरको सो जहाजले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो । तारा यएरको नाइन एन एईटी नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसी समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो ।


‘समस्यामा परेको जहाजले हामीलाई खवर गरेको थिएन, आकाशमै तारा एयरको जहाजसँग कुरा भएछ’ दाहालले भने ‘त्यसपछि मैले उसलाई सम्पर्क गरे । तत्काल २ मिनेट भित्र अग्नि नियन्त्रण र सुरक्षाको प्रबन्ध मिलाउँदै विमानस्थल खाली गराए ।’


एटिसीसँग सम्पर्क भएको करिब ६ मिनेटमा समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको हो । अवतरणको क्रममा जहाजमा असाधारण आवाज आएपछि पाइलटले आकस्मिक सबै बत्ति बालेका थिए । तर जहाज सामान्य रुपमै अवतरण भयो । विमानमा रहेका १ बच्चा र १७ अन्य यात्रु सकुशल रहेका छन् ।

विमानका क्याप्टेन तेन्जिङ लामा र सह क्याप्टेनमा पिडि शेर्पा थिए । दाहालले इन्जिन फेल भएको उक्त विमानको प्राविधिक परीक्षणका लागि समिट एयर र नेपाल नागरिक उडड्यन प्राधिकरणको टोलीले छानबिन थालेको जानकारी दिए।


लुक्लाका लागि उडेका यात्रुहरुलाई तारा एयरको विमानले लिफ्ट गरेर गन्तव्यमा लगेको नागरिक उडड्यन कार्यालय रामेछापले जनाएको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?