कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्‍वारेन्टाइन स्थल निर्माण गर्ने सरकारको तयारी

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकामा कम्तीमा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्‍वारेन्टाइन स्थल निर्माण गर्ने तयारी गरेको छ । कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको क्‍वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले उक्त निर्णय गरेको हो ।

उपत्यकामा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्‍वारेन्टाइन स्थल निर्माण गर्ने सरकारको तयारी

बैठकले उपत्यकामा कम्तीमा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्‍वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकायहरू संयुक्तरूपमा परिचालित हुने र सार्वजनिक क्‍वारेन्टाइन स्थललाई आवश्यक पर्दा तुरून्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने निर्णय लिएको कार्यदल संयोजक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको सचिवालयले जानकारी दिएको छ ।


त्यस्तै बैठकले राष्ट्रिय खेलकुद परिषद्‍ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला (टेन्टबाट निर्माण गर्न सकिनेसहित) मा क्‍वारेन्टाइनको लागि व्यवस्थापनको तयारीबारे विवरण पेस गर्न पनि मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

कोभिड-१९ विरूद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले गरेका निर्णयहरू :-

निर्णय नं. 1:

सार्वजनिक क्वारेन्टाइन स्थल सम्बन्धी मापदण्ड (Protocol) को मस्यौदा आजै तयार गरी बेलुका 6:00 बजेसम्म गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र 4 वटै सुरक्षा निकायका प्रतिनिधी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) रहेको टोलीले कार्य गरी पेश गर्ने ।


निर्णय नं. 2:

निर्णय नं. 1 बमोजिमको टोलीको प्रतिवेदन/मस्यौदा आए पश्चात सो बमोजिम आवश्यक पर्ने स्रोतसाधन/बजेट व्यवस्थापन योजना सम्बन्धी कार्य अर्थ मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र 4 वटै सुरक्षा निकायका प्रतिनिधीको टोलीले गरी भोली विहान 10:00 बजे पेश गर्ने ।


निर्णय नं. 3:

पर्यटन विभाग र नेपाल पर्यटन वोर्डले नेपाल होटल संघ र होटल व्यवसायी महासंघसँग समन्वय गरी कम्तिमा 2 हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलहरूको स्थान सहितको विवरण तयार गरी भोली विहान 10:00 बजे पेश गर्ने।


निर्णय नं. 4:

काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले इचङ्गुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरको निरीक्षण गरी आवश्यक पर्दा कति व्यक्ति क्षमतामा प्रयोग गर्न सकिन्छ विवरण तयार गरी भोली विहान 10:00 बजे पेश गर्ने ।


निर्णय नं. 5:

PABSON, NPABSAN र HISSAN का प्रतिनिधीले आपसी समन्वयमा कम्तिमा 2 हजार ब्यक्ति क्षमताका होस्टेल/स्कूलको स्थान सहितको विवरण तयार गरी भोली विहान पेश गर्ने ।


निर्णय नं. 6:

राष्ट्रिय खेलकुद परिषदले काठमाडौं, ललितपूर, पोखरा, वुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला (टेन्टबाट निर्माण गर्न सकिने सहित) मा क्वारेन्टाइनको लागि व्यवस्थापन गर्न सकिने क्षमता एकिन गरी भोली विहान 10:00 बजे पेश गर्ने ।

निर्णय नं. 7:

उल्लिखित निर्णयानुसार नेपाल सरकारले उपत्यकामा कम्तिमा 5 हजार व्यकि क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकायहरू संयुक्तरूपमा परिचालित हुने र उक्त सार्वजनिक क्वारेन्टाइन स्थललाई आवश्यक पर्दा तुरून्त अस्थाई अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने ।


निर्णय नं. 8:

COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति समक्ष देहाय बमोजिम क्षमताका क्वारेन्टाइन प्रयोग गर्न सक्ने गरी तयार गर्न देहाय बमोजिम प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन हुन सिफारिश गरी पेश गर्ने:-

(क) प्रत्येक प्रदेशले- कम्तिमा 2 हजार क्षमताका

(ख) प्रत्येक महानगरपालिकाले- कम्तिमा 2 हजार क्षमताका

(ग) प्रत्येक उपमहानगरपालिकाले- कम्तिमा 1 हजार क्षमताका

(घ) सबै जिल्ला सदरमुकाम रहेका नगरपालिका र गाउँपालिकाले- कम्तिमा (हिमाली क्षेत्रको हकमा)- 5 सय व्यक्ति (पहाडी क्षेत्रको हकमा)-1 हजार व्यक्ति र (तराई क्षेत्रको हकमा)- 2 हजार व्यक्ति क्षमताका क्वारेन्टाइन्स्थल ।


निर्णय नं. 9:

यस उपसमितिको वैठक भोली (2076।12।10 गते) विहान 10:00 बजे मन्त्रालयको बैठक कक्षमा बस्ने ।

प्रकाशित : चैत्र ९, २०७६ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?