१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उपत्यकामा खानेपानी नियमित

रासस

काठमाडौँ — काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी नियमित रुपमा उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यकाको खानेपानीको व्यवस्थापन गर्दै आएको लिमिटेडले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले सार्वजनिक बिदा दिए पनि निर्वाधरुपमा सेवा प्रवाह हुने जनाएको छ ।

उपत्यकामा खानेपानी नियमित

यसका लागि खानेपानी लिमिटेडले आफ्‍ना कर्मचारीलाई आवश्यक सेनिटाइजर, मास्कलगायत वस्तु उपलब्ध गराएर खानेपानी उपलब्ध गराउने जनाएको छ ।


अहिले सेवा प्रवाह गरिरहँदा प्रशासनिक कामका विषयमा निर्णय भइनसकेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार मिटर रिडिङ, मर्मतलगायत कामका लागि फिल्डमा पठाउने विषयमा आगामी सातासम्ममा निर्णय हुनेछ । उनले भने, 'यो साताभरमा छलफल गरेर यी विषय आगामी सातासम्ममा निर्णय हुनेछ ।' लिमिटेडले सुख्खा मौसममा अहिले दैनिक ९ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गरिरहेको छ ।


यसैबीच, कर्मचारी सञ्‍चय कोष पुल्चोक शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत् हुने कर्जा प्रवाह र बचत संकलन (आर्थिक कारोबार) बन्द गर्ने भएको छ । कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोबार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले जानकारी दिए । शाखाले प्रेस विज्ञप्ति जारी गरी अत्यावश्यक सेवा भने यथावत् राख्दै सञ्चयकर्तालाई भाइरसविरुद्ध उच्च सतर्कता अपनाउन आह्वानसमेत गरेको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?