कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रहरीद्वारा सार्वजनिक स्थानमा हात धुने व्यवस्था 

काठमाडौँ — महानगरीय प्रहरी कार्यालय काठमाडौंले उपत्यकाका भिडभाड हुने १६ स्थानमा हात धुनका लागि साबुनसहितको पानी ट्यांङ्की राखेको छ । 

प्रहरीद्वारा सार्वजनिक स्थानमा हात धुने व्यवस्था 

माछापुच्छ्रे बैंकसँगको सहकार्यमा काठमाडौं,भक्तपुर र ललितपुरका बढी भिडभाड हुने स्थानमा पानी ट्यांकी राखिएको कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए ।


साबुन पानीले हात धुने,स्यानिटाइजरको प्रयोग र माक्स लगाएर हिँडेमा केही हदसम्म भाइरस नियन्त्रण गर्न सकिने विशेषज्ञकको राय अनुसार सार्वजनिक स्थानहरुमा राखिएको साबुन पानीले हात धुन उनले सबैलाई आग्रह गरे ।


यस्तै,प्रहरी कर्मचारीहरुलाई मास्क वितरण गरिएको पनि डीआईजी पोखरेलले जानकारी दिए ।

प्रकाशित : चैत्र ९, २०७६ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?