कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भारतबाट भित्रिएका ५ लाखको ज्वरो मापन, २४ घण्टामा ८७ हजार भित्रिए

मातृका दाहाल

काठमाडौँ — कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकारले सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेपछि करिब ५ लाखको ज्वरो मापन गरिएको छ ।

भारतबाट भित्रिएका ५ लाखको ज्वरो मापन, २४ घण्टामा ८७ हजार भित्रिए

सुरक्षा निकायकातर्फबाट गृह मन्त्रालयमा पठाइएको तथ्यांक अनुसार यो अवधिमाा ४ लाख ६७ हजार २ सय ५ जनाको ज्वरो मापन गरिएको छ । यो तथ्यांक आइतबार बिहानसम्मको हो ।

फागुन २५ गतेबाट नेपाल–भारत सीमा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मी सम्मिलित हेल्थ डेस्क स्थापना गरिएको थियो । पछिल्लो एक साता यता भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिनेको चाप हृवात्तै बढेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

नेपाल प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरीले १ सय ६४ र नेपाल प्रहरीले १ सय २ स्थानमा हेल्थ डेस्क राखेर थर्मल गन मार्फत् ज्वरो मापन गरिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतबाट ८७ हजार मानिस नेपाल प्रवेश गरेका छन् ।

प्रकाशित : चैत्र ९, २०७६ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?