२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

औषधि, मास्क र स्यानीटाइजर निकासीमा प्रतिबन्ध

सीमा नाकामा प्रभावकारी अनुगमन र निगरानी गर्न बढाउन गृहको निर्देशन
मातृका दाहाल

काठमाडौँ — सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन र देशभित्रै औषधिजन्य वस्तुको खपत बढ्न सक्ने आँकलन गर्दै औषधि, मास्क, स्यानीटाइजर विदेश निकासीमा प्रतिबन्ध लगाएको छ । 

औषधि, मास्क र स्यानीटाइजर निकासीमा प्रतिबन्ध

औषधिजन्य यस्ता सामग्री बोकेको भेटिए मालबाहक सवारी र व्यक्तिबाट जफत गरी स्थानीय प्रशासनलाई बुझाउन पनि सुरक्षा निकायहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । पछिल्लो कारबाहीमा मात्रै २० हजार मास्कसहित सीमा नाकाबाट विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिइएको गृह मन्त्रालयले स्पष्ट पारेको छ ।


त्यस्तै भारतबाट आएकालाई अनिवार्य सेल्फ क्‍वारेन्टाइनमा बस्न र त्यसको नियमित निगरानी र नियमनका लागि प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको प्रवक्ता शर्माले बताए । आइतबार साँझ गृहले १९ बुँदे विज्ञप्ति सार्वजनिक गर्दै कोरोना संक्रमणविरुद्ध चालिएका निर्णय लागू गर्न र प्रहरी तथा स्थानीय प्रशासनबाट आवश्यक संयन्त्र कडाइका साथ परिचालन गर्न पनि निर्देशन दिएको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?