कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सरकारी छात्रवृत्तिमा पढेको जनशक्तिलाई परिचालन गरिने

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा कार्यरत मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक र नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरिरहेका एमबीबीएस र एमडी/एमएसका विद्यार्थीलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि परिचालन गर्न अनुरोध गरेको छ ।

सरकारी छात्रवृत्तिमा पढेको जनशक्तिलाई परिचालन गरिने

मन्त्रालयको आइतबार बसेको मन्त्रिस्तरीय बैठकले कारेभिड १८ को रोकथाम तथा नियन्त्रणका लागि ‘न्यूनतम सेवा प्रवाह नरोकिने गरी’नेपाल सरकारको छात्रवृत्तिमा योग्यता हासिल गरेको मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक, नेपाल सरकारको छात्रवृत्तिमा एमडी/एमएस र एमबीबीएस अध्ययन गरिरहेका जनशक्तिलाई परिचालन गर्न अनुरोध गरेको छ ।


मन्त्रालयले सात प्रदेश मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखी यस्तो आग्रह गरेको हो ।

प्रकाशित : चैत्र ९, २०७६ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?