१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

संघीय संसद्‍मा क्‍वारेन्टाइन स्थापना 

काठमाडौँ — संघीय संसद् सचिवालयले क्वारेन्टाइन स्थापना गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को संक्रमण नेपालमा फैलिने पूर्वानुमानसहित सिंहदरबारस्थित संसद सचिवालयका दुई भवन र नयाँ बानेश्वरमा रहेको संसद भवनमा सेवा दिने गरी क्वारेन्टाइन स्थापना गरिएको हो ।

संघीय संसद्‍मा क्‍वारेन्टाइन स्थापना 

कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न संसद भवनमा क्वारेन्टाइन स्थापना गरिएको हो । संसद सचिवालयले आइतबार क्वारेन्टाइन स्थापना गर्ने र सरसफाइ तथा 'स्प्रे' छर्ने निर्णय गरिएको संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले बताए ।


संसद्‍मा स्थापना भएको क्वारेन्टाइनले संसद्का पदाधिकारी, सांसद, कर्मचारी, संसद्‍मा आउने व्यक्तिहरूका लागि सेवा दिने सचिवालयले जानकारी दिएको छ ।


ज्वरो आएमा वा कोरोनाका लक्षण देखिएका व्यक्तिलाई सेवा दिन क्वारेन्टाइन स्थापना गरिएको संसद् सचिवालयका चिकित्सक डा. पुष्पराज रिजालले जानकारी दिए । 'हामीले तत्कालीन उपचारका लागि बेड स्थापना गरेका छौं । एक कोठामा बेड पनि छुट्याइएको छ । संक्रमित देखिएमा १५ मिनेटमा उपचार गर्ने अस्पतालमा पठाउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ,' डा. रिजालले भने ।


संसद् सचिवालय परिसर र संसद् भवनमा, संसद् सचिवालय प्रवेश गर्ने सवारीसाधनमा कीटनाशक छर्ने क्रम थालिएको उनले जनाए । संसद् भवनमा सांसद बस्ने कुर्सीलाई पनि निर्मलीकरण गर्न थालिएको छ ।


प्रतिनिधिसभा बैठक १३ गते बोलाइएको छ । त्यस्तै, राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

प्रकाशित : चैत्र १०, २०७६ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?