१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

राष्ट्रिय सभा अध्यक्षले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई दिए एक महिनाको तलब

काठमाडौँ — सरकारले स्थापना गरेको 'कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष'लाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब उपलब्ध गराउने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना भाइरस (कोभिड-१९) को उपचारका लागि रकम जम्मा गर्न कोष स्थापना गरेको थियो । 

राष्ट्रिय सभा अध्यक्षले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई दिए एक महिनाको तलब

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सोमबार कोषमा एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले संघीय संसद सचिवालयलाई आफ्‍नो एक महिना बराबरको रकम कोषमा जम्मा गर्न पत्र लेखेका छन् ।

पत्रमा लेखिएको छ, 'कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लड्‍न आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई स्वागत गर्दै सरकारले स्थापना गरेको राहत कोषमा मेरो एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गरिदिनुहुन ।' उनको तलब ६७ हजार ३ सय २० रुपैयाँ रहेको छ ।


अध्यक्ष तिमिल्सिनाले विश्‍वभर फैलिइरहेको कोरोनाको संक्रमणविरुद्ध लड्‍न आ-आफ्‍नो क्षेत्रबाट सहयोग गर्न पनि अपिल गरेका छन् । सरकारले कोरोनाबाट बच्‍नका लागि जारी गरेका निर्देशन र सुझाव पालना गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित : चैत्र १०, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?