कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ सरकारले १० करोडको कोरोना भाइरस नियन्त्रण कोष बनाउने 

बुटवल — प्रदेश ५ सरकारले १० करोड रुपैयाँको कोरोना भाइरस नियन्त्रण कोष बनाउने भएको छ । सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोष बनाउने निर्णय गरेको हो । 

प्रदेश ५ सरकारले १० करोडको कोरोना भाइरस नियन्त्रण कोष बनाउने 

कोषमा मुख्यमन्त्रीसहितका ६ मन्त्रीहरुले समेत एक महिनाको तलब जम्मा गर्नेछन् । मन्त्रिपरिषद्को बैठकले हरेक आइसोलेसन अस्पताल निर्माणका लागि निर्माण, सञ्चालन र व्यवस्थापन समितिको सदस्य सचिव कार्यरत रहेको कार्यालयमा नियमानुसार खर्च गर्ने गरी एक करोड रुपैंयाका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।


यस्तै कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहने गरी व्यवस्थापन समिति गठन गरेको छ । जसमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री संयोजक रहनेछन् ।


भिम अस्पताल भैरहवाका लागि संयोजकमा सामाजिक विकास मन्त्री, केन्द्रीय आर्युवेद विद्यापिठ बेलझुण्डी दाङका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका लागि भौतिक पूर्वाधार विकास मन्त्री संयोजक रहनेछन् ।


बैठकले कानुन मस्यौदा तथा सुझाव कार्यदलको समयावधि असार मसान्तसम्म थप गर्ने, सार्वजनिक खरिद सम्बन्धी प्रदेश नियमावली २०७६ को पहिलो संशोधन स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

प्रकाशित : चैत्र १०, २०७६ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?