कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोरोना रोकथाम कोषमा प्रधानमन्‍त्रीको सचिवालयका सदस्यले एक महिनाको तलब दिने

काठमाडौँ — विश्वभरी फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)  संक्रमणविरुद्ध सरकारले स्थापना गरेको केन्द्रीय कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । 

कोरोना रोकथाम कोषमा प्रधानमन्‍त्रीको सचिवालयका सदस्यले एक महिनाको तलब दिने

सचिवालयका ६ सदस्यले एक महिना बराबरको रकम र ३ जनाले महिनाको आधा पारिश्रमिक रकम जम्मा गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।


प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल,विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महिनाको पारिश्रमिक बराबरको रकम कोषमा जम्मा गर्ने भएका हुन् ।


थापाका अनुसार विकास पूर्वाधार विज्ञ गजेन्द्र थपलिया, सञ्‍चार विज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको पारिश्रमिक रकम सहयोग गर्ने भएका हुन् ।


आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस संक्रमणविरुद्ध ५० करोडको विशेष कोष स्थापनाको घोषणा गरेको थियो ।


सोही कोषमा सहयोग गर्न चाहनेहरुलाई पनि सरकारले आग्रह गरेको थियो ।

प्रकाशित : चैत्र १०, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?